सानिमा बैंकद्वारा विद्यार्थीलाई न्यानो लुगा वितरण
काठमाडौं । सानिमा बैंकले खाँडाचक्र नगरपालिका १ कोइरेलगाउँ स्थित श्रीचिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।
विद्यालय पुगेर मान्म शाखाका कर्मचारीले विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका हुन्। चिसो मौसमका पठनपाठनमा असर परेको देखेकाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको हो ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक सन्देश प्रवाह हुने किसिमका कार्यक्रम गर्ने योजना रहेको जनाएको छ । सानिमा बैंकको सातै प्रदेशमा सानिमा बैंकको १३४ वटा कार्यालय र १२५ वटा एटीएम सञ्चालनमा छन् ।

.gif)