sevenstartv.com ७ पुष २०८२, सोमवार

सिमेन्ट उद्योगीहरुले आफूखुशी सिमेन्टको मूल्य नबढाएको मन्त्री भण्डारीकाे दाबी

२९ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरुले आफूखुशी सिमेन्टको मूल्य नबढाएको दाबी गरे ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग मन्त्री भण्डारीले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेको बताएका हुन् । उनले सांसदहरुले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरुलाई दिएको दाबी गरे । 

उद्योगमन्त्री भण्डारीले विद्युत प्राधिकरण सरकार भन्दा बाहिरको निकाय नभएको बताएका छन् । उनले उद्योगको लागत मूल्याङ्कन गर्नेगरी समिति बनाएको उल्लेख गर्नुभयो । सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताए । उनले सरकारले उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्ने गरी काम गरिरहेको बताएका छन् ।

उनले घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने बताए । सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यवसायीहरुसँग छलफल गरेको उल्लेख गरे । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्