sevenstartv.com २९ मंसिर २०८२, सोमवार

धादिङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ घाइते

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

धादिङ । धादिङकाे धार्केमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा २्३ जना घाइते भएको प्रहरीले जनाएको छ  ।

घाइतेमध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रह्री कार्यालय धादिङले जनाएको छ । मृत्यु हुनेमा दोलखा भिरकोटकी ५० वर्षिय पार्बती काफ्ले रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

घाइतेहरुको धादिङ र चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

बस अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्