संसदीय समितिले गर्याे आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन
काठमाडौं । संसदीय समितिले शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन गरेको छ । आइतबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानी मन्त्रालयको मन्त्री प्रदीप यादवको कार्यकक्षको अनुगमन गरेको हो ।
अनुगमन, निरीक्षण पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले आगलागीको बारेमा निरीक्षण गर्न समितिका सबै सदस्यहरु आएको र आगलागीले धनको क्षति भएको बताएका हुन् ।
उनले यस घटनाले सिंहदरबारभित्रका कार्यालयहरुको वायरिङदेखि सबै कुरामा जाँच गर्नुपर्ने र यस्ता घटना हुन नदिन पूर्वतयारीका काम गर्नुपर्नेमा जोड दिए ।

.gif)