sevenstartv.com ७ पुष २०८२, सोमवार

यो साता फाइनान्समा उच्च वृद्धि

२५ माघ २०८१, शुक्रवार स्टार संवाददाता

 काठमाडौं । यो साता सेयर बजार ४२ अंक बढेको छ । गत साता २६५७ मा बन्द भएको बजार यो साता २६९९ अंकमा पुग्यो । यो साता पाँचै दिन कारोबार भयो ।

पहिलो दिन आइतबार ६९.८० अंक बढेको बजार सोमबार थप २.४१ अंक बढ्यो । त्यसपछिका तीन दिन लगातार घट्यो । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंक घट्यो । समग्रमा यो साता बजारले वृद्धिलाई निरन्तरता दियो । गत साता जम्मा ३ अंक बजार बढेको थियो ।

यो साता आइतबार १२ अर्ब ९५ करोडको कारोबार भयो । जुन कारोबार रकम भदौयताकै उच्च हो । त्यसपछि बजार सुस्ताउँदा कारोबार रकम पनि बढ्न सकेन । सोमबार ११ अर्ब ८७ करोड, मंगलबार ८ अर्ब ९१ करोड, बुधबार ८ अर्ब ९५ करोड र बिहीबार ९ अर्ब २४ करोडको कारोबार भयो ।

यो साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ५.७ प्रतिशत बढेको छ । गत साता यो सेक्टर ०.३९ प्रतिशत बढेको थियो । फाइनान्स सेक्टर लामो समय घटेका कारण लगानीकर्ता पछिल्लो पटक आकर्षित देखिएका छन् । बजारमा १५ वटा फाइनान्स कम्पनी सूचीकृत छन् ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्