मदन भण्डारी राजमार्गको रिडी-बल्कोट सडक आजदेखि एक महिना बन्द हुने
काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी-बल्कोट सडकखण्ड आजदेखि एक महिनाका लागि बन्द भएको छ ।
उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-१ स्थित साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएको हो ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना जारी गरी माघ २५ गते शुक्रबारदेखि फागुन २० गतेसम्म सडक पूर्णरूपमा बन्द गरिएको हो ।
सडक बन्द भएपछि कार्यालयले यात्रुलाई वैकल्पिक मार्गको लागि सातमुरेदेखि श्रृङ्गा बलेटक्सार हुँदै रिडी, सातमुरदेखि–सिजिको बाटो हुँदै पाल्पाको हार्थोक र रिडीको सातमुरे रहदेखि ठाडो खोला हुँदै रिडीको सडक प्रयोगमा ल्याएको छ ।

.gif)