sevenstartv.com २९ मंसिर २०८२, सोमवार

काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते

२४ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । 

आज बिहान पौने ९ बजेको समयमा  विष्फोट तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् । त्यहाँस्थित सानदार म.म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार हुन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्