sevenstartv.com ७ पुष २०८२, सोमवार

साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान मृत फेला

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार मध्यान्ह करिब १२ बजेतिर मृत फेला परेकी हुन् ।

चौधरीसँगै तीन जना बुधबार बिहान शाली नदी मेलाको ड्युटीका लागि भनेर खटिएका थिए । उनीसँग एउटै कोठामा बस्ने तीन जना ड्युटीमा खटिएकोमा दुई जनाले भने शाली नदी मेलामै खाना खाएका थिए । चौधरी भने ब्यारेकमै खाना खाने भन्दै फर्किएको पाइएको छ । 

खाना खान भनेर आएकी चौधरी आफू सुत्ने कोठामा पसेकी थिइन् । तर, लामो समयसम्म पनि कोठाबाट बाहिर ननिस्केको र बोलाउँदा पनि नबोलेपछि झ्याल फोडेर हेर्दा उनी सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

बर्दिया घर भएकी २३ वर्षीया चौधरी प्रहरी सेवामा प्रवेश गरेको तीन वर्ष मात्रै भयो । प्रहरी वृत्त गौशालामा कार्यरत उनी शाली नदी मेलाको ड्युटीका लागि थप मद्दत भन्दै खटिएकी थिइन् । विवाहित चौधरीका श्रीमान भने वैदेशिक रोजगारीमा विदेश रहेको पाइएको छ । परिवारका आफन्त आएपछि शव उठाएर पोस्ट मार्टमका लागि पठाउने तयारी प्रहरीको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्