सबै अस्पतालमा एकीकृत प्रणाली लागू गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी
काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिरामीको स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी जुनसुकै अस्पतालबाट पनि कम्प्युटर प्रणालीमा हेर्न मिल्ने एकीकृत प्रणाली लागु गर्ने तयारी अघि बढेको छ ।
मन्त्रालयका अनुसार यो कार्यान्वयनमा आए बिरामीले अस्पताल जाँदा आफ्नो स्वास्थ्य रिपोर्टसहितका कागजपत्र बोक्नुपर्दैन, एउटा कोड नम्बर बोके पुग्छ । हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको जनाउँदै मन्त्रालयले एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाको अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउन लागेको हो ।
२०७९ को नीति तथा कार्यक्रममा सबै सरकारी अस्पतालमा ‘एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली’ ९ईएचआर० लागु गर्ने उल्लेख थियो । तर कार्यविधि नबनेकाले यो कार्यान्व्यनमा आएको थिएन । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई डिजिटल बनाउँदै लैजाने कार्यलाई थप व्यवस्थित र मर्यादित बनाउन एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली ९ईएमआर० सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ ल्याएपछि अब बल्ल कार्यान्वयनको बाटो खुलेको छ ।

.gif)