क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । आइतबार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो ।
पत्रकार क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने बताए । उनले क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्ने जानकारी दिएका छन् ।
मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ जानकारी पाउने बताए । प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरुको सहभागिता रहने जनाइएको छ । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको बताए । साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको बताएका छन् ।

.gif)