शिक्षकले थाले चरणबद्ध आन्दोलन
काठमाडौं । शिक्षकहरूले आइतबारदेखि चरणबद्ध आन्दोलन सुरू गरेका छन् । शिक्षक, कर्मचारीहरूले उक्त आन्दोलन अन्तर्गत आज फेसबुक वालमा आयताकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेखी पोस्ट गरेका छन् ।
नेपाल शिक्षक महासंघले गत बिहीबार पत्रकार सम्मेलन गरेर मागविपरीत सरकारले काम गरिरहेको भन्दै दबाब दिन आन्दोलन कार्यक्रम घोषणा गरेको थियो । माघ २५ गते शुक्रबार दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने आन्दोलन कार्यक्रम शिक्षकहरूको छ ।
सोही दिन स्थानीय तहमा महासंघ गठन भएको भए महासंघ अध्यक्षको संयोजकत्वमा र महासंघ गठन नभएको भए आबद्धरसम्बद्ध संस्थाको आपसी सहमतिमा एकजना संयोजक, १ जना सहसंयोजक, एकजना सचिव र एकजना कोषाध्यक्ष गरी ११ देखि १५ सदस्यीय स्थानीय आन्दोलन परिचालन समिति गठन गर्ने र जानकारी जिल्लामा पठाउने पनि कार्यक्रम छ। तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने शिक्षकहरूको माग छ ।
महासंघको विद्यालय शिक्षा ऐन जारी गर्ने,ऐन जारी भएको मितिलाई प्रस्थान बिन्दु बनाइ त्यसअगाडि स्थायी भएका शिक्षकलाई पुरानो प्रणालीअनुसार पेन्सन दिनुपर्ने र ऐन जारी भएको मितिपछि स्थायी भएका शिक्षकहरूको हकमा योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्नुपर्ने माग छ ।

.gif)