sevenstartv.com ७ पुष २०८२, सोमवार

रुख काट्दा करेन्ट लागेर एक जना मृत्यु

१८ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिका-४ मा करेन्ट लागेर एक जना वृद्ध को मृत्यु भएको छ ।

गैरा गाउँ बस्ने ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार बेलुकी मृत्यु भएको हो । बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्