sevenstartv.com ७ पुष २०८२, सोमवार

शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग एक हुनुपर्छः उपप्रमुख डंगोल

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले शहीद दिवस मनाएको छ । माघ १६ गते हरेक वर्ष शहीदहरुको समरणमा शहीद दिवसमनाउने गरिन्छ । सोहीअनुसार आज शहीदहरुको स्मरणमा लैनचौरमा शहीदहरुको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ । सोही अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरुको सपना पूरा गर्न एकै ठाउँमा उभिएर काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले शहीदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘शहीदहरुले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रुपमा शहीदहरुको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ । त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भुमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु । माघ १० गतेदेखि काठमाडौं महानगरपालिकाले शहीद सप्ताह मनाइरहेको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्