sevenstartv.com ७ पुष २०८२, सोमवार

बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादीयुक्त

१६ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । 
विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमूना लिएर विषादी परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ । विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाहरुको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताउनु भयो । उहाँले उक्त परीक्षणको नतिजा ठिक रहेको बताउनु भयो । उहाँले  परीक्षण गरिएको सबै तरकारी खान मिल्ने  रहेको बताउनु भयो ।

उहाँले न्युनतम २ प्रतिशतदेखि अधिकत्तम २७ प्रतिशतसम्म ‘इन्जाईम इन्हिभिसन’ पाइएको बताउनु भयो । उहाँले इन्जाईम इन्हिभिसन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ । उहाँले ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिभिसन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान रहेको बताउनु भयो । उहाँले बल्खु तरकारी बजारमा विभिन्न २० जिल्ला काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलान्चोक,नुवाकोट,रामेछाप,सर्लाही,धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेको बताउनु भयो । उहाँले भन्नुभयो,‘ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न जिल्लाबाट काठमाडौंमा भित्रने तरकारीको गुणस्तर,विषादीजन्य वस्तुको अवस्थाका विषयमा नमूना संकलन र परीक्षणको लागि मोबाइल भ्यानसहित प्रयोगशालामा रहेका दक्ष जनशक्तिसहित तरकारी बजारमा परीक्षणको लागि आएका छौं । गत हप्ता कालिमाटी तरकारी बजार तथा फलफूल बजार विकास समितिमा विभिन्न जिल्लाबाट भित्रने तरकारीहरु नमूना संकलन गर्न राति १० देखि ६ बजेसम्म संकलन गरेर परीक्षण गरेका थियौं । त्यहाँ विषादीजन्य वस्तुहरु धेरै मात्रामा पायौं ।

आज बल्खुमा अनुगमन गरौं । बल्खुमा कालिमाटीबाट तरकारी आउने रहेछ। कालिमाटीबाट आएका तरकारीको बल्खुबाट नमूना संकलन गरेर परीक्षण गरेका छौं । २० जिल्लाहरु काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रे,नुवाकोट,रामेछाप,सर्लाही,धनुषा लगायतबाट आएका तरकारीहरुको नमूना संकलन गरेर परीक्षण गरेका छौं । नेपाल सरकारको मापदण्डअनुसार विषादीको अवशेष ३५ देखि ४५ प्रतिशत भेटियो भने होल्ड गर्छौं । त्यो भन्दा बढी भयो भने फाल्नुपर्छ । आज बल्खुमा परीक्षण गर्दा ९ वटा नमूनाको परीक्षण गर्दा बढीमा २० प्रतिशत मात्रै पाएका छौँ ।

यो रायोको सागमा भेटिएको छ । यो ठिक छ । विषादीजन्य तरकारीको प्रयोगले क्यान्सर जस्ता रोगहरु लाग्ने गर्छ । उपभोक्ताहरुले विषादीबाट बच्नको लागि तरकारी किनेर तीन दिनसम्म होल्ड गर्नुपर्छ ।तातोपानीमा नुन राखेर तरकारी डुबाएर मात्रै खान योग्य हुन्छ । उहाँले मोबाइल फुड ल्याब भ्यानबाट विभागले उपत्यकाका सबै तरकारी बजारमा जीवनाशक विषादीको परीक्षण गर्ने अभियान चलाइरहेको बताउनु भयो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्