sevenstartv.com ७ पुष २०८२, सोमवार

संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छः महेश बर्तौला

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनुभएको छ ।  मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताउनु भयो ।

उहाँले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानून निर्माण गर्नेकुरामा तिब्रता दिने बताउनु भयो । संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभविक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसदको बैठकका मितिहरु हेरफेर गरिएका छन् । कार्यसूचि त लगभग त्यही नै  भयो । २४ गते अध्यादेशहरु संसदमा पेश हुनेछन् ।

२५ पनि बैठक हुनेछ । २७,२८,२९ गते बैठक हुनेछ । संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्छ । पाल्र्यामेण्ट्री कमिटीहरुको बैठकमा कोरम पु¥याउने सन्दर्भमा भन्नेकुरा उठाउनु भयो । संसद र संसदीय समितिमा सत्ता पक्ष महत्वपूर्ण हुन्छ । बढी जवाफदेही रुपमा भुमिका निर्वाह गर्नुपर्छ । प्रमुख सचेतक बर्तौलाले संसद र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्