sevenstartv.com १७ असार २०८३, बुधवार

काठमाडौंबाट धनुषा जादैँ गरेकाे बसमा एक जना यात्रु मृत फेला

१५ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंबाट धनुषाको जटही जानलागेको बसमा एकजना यात्री मृत फेला परेका छन् ।

भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव मृत फेला परेका हुन् । काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला परेका हुन् ।

ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ । बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्