sevenstartv.com ७ पुष २०८२, सोमवार

आज ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै

१३ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । ७२ औँ विश्व कुष्ठरोग दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कुष्ठरोग प्रभावितहरूलाई जागरुक गराउने, सम्मान गर्ने तथा रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभर यो दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउन थालिएको हो । 

पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए। त्यसैले यसलाई ह्यानसेन्स रोग पनि पनि भनिन्छ । नेपालमा सन २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ ।

कुष्ठरोग उन्मूलन गर्न सरकार, स्वास्थ्य सेवा प्रदायक, गैरसरकारी संस्था, समुदाय र व्यक्ति लगायत सबै सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक रहेकोमा विश्वस्वास्थ्य संगठनको जोड छ । निदान, नवीन उपचार र पहुँचमा निरन्तर लगानी आवश्यक रहेको संगठनले बताएको छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्