कुवामा डुबेर एक जनाको मृत्यु
काठमाडौं । गोरखामा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका(६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको मृत्यु भएको हो ।
बिहीबार करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाएको छ । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको बताएका छन् ।

.gif)