sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

काठमाडौंको वायु प्रदूषण उच्च तहमा

१० माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको छ । आज बिहान ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि पुगेको वातावरण विभागले जनाएको छ ।

शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ । त्यहाँको पीएम ९पर्टिकुलेट म्याटर० २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ। काठमाडौँको रत्नपर्क र ललितपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ ।

काठमाडौंमा आज साँझ ६ बजेसम्मै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २.५ को औसत मात्रा ८४.२८३ पुग्न सक्ने पूर्वानुमान गरिएको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्