इन्टरपोलबाट रेड नोटिस जारी भएका प्रतिवादी ओमानबाट पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई ओमानबाट पक्राउ गरी नेपाल ल्याएको छ ।
बर्दिया बढैयाताल गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने विनोद पौडेललाई प्रहरीले एनसिबी अबु मस्कट ओमानको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न बुधबार नेपाल फिर्ता ल्याइएको हो ।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस १२ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

.gif)