त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो ।
त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पनि लागूऔषध जस्तो देखिने वस्तु बरामद भएपछि लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई बुझाइएको जानकाी दिनुभयो । प्रहरीले नियमित जाँचका क्रममा भेटिएपछि थप अनुसन्धानका लागि ब्यूरोमा पठाएका जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । पक्राउ परेका चिनियाँ नागरिकले आफूलाई एक जना व्यक्तिले निश्चित रकम दिने गरी लगिदिन भनेको बताएको प्रहरीको दावी छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

.gif)