sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

तनहुँको डुम्रे बजारमा आगलागी

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । तनहुँको डुम्रे बजारस्थित एक घरमा बुधवार बिहान आगलागी भएको छ । बन्दिपुर गाउँपालिका वडा नम्बर १ मा पर्ने डुम्रेबजार स्थित केशव अधिकारीको पक्की घरको पाँचौँ तलामा आगलागी भएको हो । 

आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको भन्दै प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 

प्रहरी र स्थानीयको सहयोगमा करिब ४ मिनेटपछि आगो निभाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्