टेलिभिजनहरुको भ्युवरसीप निकाल्ने र सोहि आधारमा टेलिभिजनहरुमा विज्ञापन दिने विज्ञापन बोर्डकाे तयारी
काठमाडौं । विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ । बोर्डले टेलिभिजनहरुको भ्युवरसीप निकाल्ने र सोहि आधारमा टेलिभिजनहरुमा विज्ञापन दिनेगरी तयारी थालेको हो ।
नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकेको छैन । टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यसाको सुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए ।
टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताएका छन् ।

.gif)