sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

महाकुम्भमा आठ करोडभन्दा बढी दर्शनार्थी सहभागी

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् ।  जनवरी २० सम्म सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ ।

यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यसैबीच, महानिर्देशक ९डीजी० अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गरे । 

उनले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताए । एक हजार ३०० भन्दा बढी दमकल तैनाथ गरिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्