sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा नेपालगन्ज विमानस्थलमा हवाई सेवा प्रभावित

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा आज बिहानैदेखि नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ । 

बिहानैदेखि चलेको शीतलहर तथा हुस्सुका कारण ५० मिटरमात्र भिजिबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको जनाइएको छ । 
नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, काठमाडौं, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ ।

नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न जाने यात्री प्रतीक्षामा विमानस्थलमा बसिरहेका छन् ।  शीतलहरले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्