sevenstartv.com ७ पुष २०८२, सोमवार

६ महिनामा १९ करोड ७४ लाख राजस्व सङ्कलन

८ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ को  ६ महिना साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व सङ्कलन गरेको छ । 

सो चालु आवको ६ महिनामा सम्पत्ति करबाट चार करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट दुई करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट एक करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट एक करोड ८३ लाख ११ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । 

अघिल्लो आव २०८०–८१ को सो अवधिमा उपमहानगरपालिकाले १६ करोड ६२ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो । बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको ६ महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्