sevenstartv.com १७ असार २०८३, बुधवार

भिरबाट लडेर एक महिलाको मृत्यु

६ माघ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

भीमफेदी गाउँपालिका–३ ईचुङ निवासी ५३ वर्षीय चमेलीमाया पाख्रिनको मृत्यु भएको हो । शनिबार दिउँसो ४ बजेतिर घर नजिकै घट्टेखोलाको भिरमा घाँस काट्न गएका पाख्रिनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

पाख्रिनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

 

यो पनि पढ्नुहोस्