sevenstartv.com ७ पुष २०८२, सोमवार

'बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशिल बनाउने उपयुक्त नीति छैन्'

४ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशिल बनाउने उपयुक्त नीति नभएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशत भन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको बताएका हुन् । उनले त्यसलाई सहजिकरण गर्न बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने र बैंकहरुले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्रलाई गतिशिल बनाउन नसक्ने बताए । 

उनले बैंकको खराब कर्जा बढ्दै जाँदा पछिल्लो समय उद्योगी व्यवसायीहरुले कर्जा पाउन नसकेको बताएका छन् । उनले कोभिडको समयमा १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशत जस्तो पुगेको बताए । उनले वास्तविक तथ्याङ्क हेर्ने र केलाउने हो भने बैंकहरुको खराब कर्जा १२ देखि १४ प्रतिशत पुगेको दाबी गरे । उनले कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा बैंकहरुले कर्जा दिन नसकेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्