जलविद्युत क्षेत्रमा लगानी गर्न मन्त्री खड्काकाे आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले सरकारले जलविद्युत उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।
सरकार निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने बताउँदै उहाँले डर नमानी, खुट्टा नकमाई जलविद्युतमा लगानी गर्न आग्रह गरे । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले सरकारले पीपीए नरोक्ने बताए । उनले सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए नरोकिने उल्लेख गरेका छन् ।
उनले जलविद्युत उत्पादन क्षेत्रमा देखिएका समस्या समाधानको लागि नीतिमा सुधार गर्न तयार रहेको बताए । उनले मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरेर अध्यादेश ल्याएको भन्दै राम्रो कामको लागि विवाद र रुवाबासी गर्न आवश्यक नभएको बताएका छन् ।

.gif)