sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

४ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका ५ बस्ने ६० वर्षका सत्यनारायण साहको मृत्यु भएको हो । 

आज बिहान जनकपुरधाम उपमहानगरपालिका ७ मा बाटो काट्दै गरेका साहलाई ना ६ ख ४५३७ नम्बरको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ ।

ट्रक चालक धनुषाको मिथिला नगरपालिका ११ लालगढका ४१ वर्षीय शिव कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्