sevenstartv.com ७ पुष २०८२, सोमवार

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई एकै पटक तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

४ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले रु एक करोड दुई लाख ८७ हजार नौ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो।

संस्थानले आर्थिक वर्ष २०४९र५० देखि आव २०८१र८२ सम्मको घरजग्गारसम्पत्ति कर बुझाएको हो । संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक सङ्घसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले यसअघिनै पत्राचार गरिसकेको छ । महानगरले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा सङ्कलन प्रक्रियाबारे व्यवस्था गर्दै आएको छ ।

जसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गारसम्पत्ति कर गणना हुने व्यवस्था रहेको जनाइएको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्