लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेंदीको बोझेनी भन्ने ठाउँमा स्थानीय र प्रहरीबीच फेरि तनाव सिर्जना भएको छ । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग झडप हुँदा गएरातिसम्मै तनाव सिर्जना भएको हो ।
झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ । १३ जना बौद्ध प्रहरीको हिरासतमा छन् । काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको जनाइएको छ ।
सबस्टेसन र टावर निर्माणका लागि विहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगा प्रहार गरेर अवरोध गरेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रोक्ने क्रममा तनाव सुरु भएको थियो । प्रहरीले विहीबार राति नौ बजेसम्म पनि धरपकड गरेको स्थानीयको आरोप छ ।

.gif)