sevenstartv.com १७ असार २०८३, बुधवार

प्यूठानमा डस्टबिनभित्र नवजात शिशुको शव फेला

३ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिका-२ दर्भानमा बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ ।

आज बिहान सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको जनाइएको छ । स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।

 

यो पनि पढ्नुहोस्