sevenstartv.com ७ पुष २०८२, सोमवार

लुम्बिनी विकास बैंकले सम्पन्न गर्‍यो १७औँ वार्षिक साधारणसभा

२ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  पुस २९ सोमबार सम्पन्न साधारण सभाले आ.व.२०८०/८१ को सेयरधनी महानुभावहरुलाई ४.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस सेयरसहित कुल ७.०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष श्री चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्नसभामा आ.व.२०८०/८१ को वार्षिक प्रतिवेदनउपर सहभागी सेयरधनीहरूले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्