काठमाडौंको काँडाघारीबाट बरामद रक्तचन्दन ४ क्विन्टलभन्दा बढी
काठमाडौं । काठमाडौंको काँडाघारीबाट बरामद रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।
आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको हो ।
रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन् । उनीहरुको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।

.gif)