sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा देउवाको जोड

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताएका छन् । 

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्युनिकरणमा ठूलो मद्दत हुने बताए । उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँहरु पग्लिरहेको र हिमाल नाङ्गो भएको बताएका छन् । 

उनले नेपालमा जलवायु परिवर्तन निकै ठूलो समस्याका रुपमा आएको बताए । उनले नेपालमा सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने बताएका हुन् । उनले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधनका लागि ठाउँठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्