जेसीबीको ठक्करबाट एकजनाको मृत्यु
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ६ ह्वाइट गुम्बा नजिकै जेसीबीको ठक्करबाट एक बालिकाकाे मृत्यु भएको छ ।
बा २ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा सोही नगरपालिका ६ बस्ने पञ्चकुमारी तामाङकी ११ वर्षीया छोरी अनुषा तामाङको मृत्यु भएको हो ।
उक्त दुर्घटनाबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

.gif)