sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

दोलखाकाे कालिन्चोक मन्दिरमा हिउँ

२६ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । दोलखा जिल्लामा अवस्थित कालिन्चोक भगवती मन्दिरमा हिउँ परेको छ ।

कालिन्चोकमा बुधबार बिहान देखिनै बाक्लो हिमपात भइरहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार कालिन्चोक भगवती मन्दिर परिसर जाने कुिरमा बाक्लो हिउँ परेको हो । बुधबार बिहान देखिनै वर्षा र हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।

यति बेला कालिन्चोकमा बढी स्वदेशी तथा विदेशी पर्यटकहरु जाने गर्दछन् । यो समयमा हिउँ पर्ने भएकाले पनि उक्त स्थानमा हिउँ खेल्न जाने पर्यटकहरुको संख्या अध्याधिक हुने गर्दछ । कालिन्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ । 
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्