इन्डो-नेपाल भलिबलको उपाधि त्रिभुवन आर्मीलाई
काठमाडौैं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लबले इन्डो-नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधि जितेको छ । बुटवलको रामनगर खेलमैदानमा बिहीबार भएको फाइनलमा आर्मीले पुलिसलाई ३-२ को सेटमा हराएको हो ।
आर्मीले दोस्रो सेट २५-१८, चौथो सेट २५-२२ र पाँचौं सेट १५-७ ले जित्यो । पुलिसले पहिलो सेट २५-१८ र तेस्रो सेट २५-२० जित्यो । जीतसँगै आर्मीले सात लाख र उपविजेता बनेको पुलिसले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।
तेस्रो भएको मणिमुकुन्द भलिबल क्लबले एक लाख ७५ हजार र चौथो भएको भारतको गुजरात स्टेट भलिबल एसोसिएशनले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा आर्मी, पुलिस, मणिमुकुन्द र गुजरातसहित, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, बाग्लुङको गलकोट भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी गरी आठ टोली सहभागी थिए ।

.gif)