सल्यानमा घरभित्रै मृत भेटिए दिदीबहिनी
काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।
उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको बताइएको छ । घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको छैन ।

.gif)