sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व हाे : उपप्रधानमन्त्री सिंह

२३ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कलाकारहरुले आफ्नो कलाकारितामार्फत नेपाललाई विश्वभर चिनाइरहेको उल्लेख गरे । 

उनले कलाकारिता क्षेत्रमा भावी पुस्ताले भविष्य सुनिश्चित देख्नेगरी काम गर्न जरुरी रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्