sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

'बिहान गएको शक्तिशाली भूकम्पबाट नेपालतर्फ कुनै मानवीय क्षति भएकाे छैन'

२३ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चीनमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट नेपालतर्फ हालसम्म कुनै मानवीय क्षति नभएको सरकारले जनाएको छ ।

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महशुस भएको थियो । इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महशुस भएको केन्द्रले जनाएको छ । 

कडा तथा सामान्य धक्का महशुस भएका जिल्लामा हालसम्म मानवीय तथा अन्य क्षति नभएको केन्द्रको विवरणमा उल्लेख छ । तिब्बतको दिंगे काउन्टी केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्यूडको भूकम्प गएको थियो।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्