sevenstartv.com १७ असार २०८३, बुधवार

सातदोबाटोकाे अवैध कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

२३ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट सीआइबीको टोलीले छापा मारेर ५३ जना पक्राउ गरेको छ । 

पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेका छन् । उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यो पनि पढ्नुहोस्