sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी छ : मन्त्री पौडेल

२२ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार कान्ति बाल अस्पतालको ६३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले नागरिकलाई औषधिमा कम खर्च गर्ने अवस्था बनाउन लागिपरेको बताएका हुन् । 

उनले कान्ति बाल अस्पतालका लागि अघिल्लो वर्ष झन्डै ८०÷८१ करोडको बजेट छुट्याइएको तर इआइए हुन नसकेर प्रक्रिया अघि बढ्न नसके पनि अब छिटै काम अघि बढ्ने बताए । बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको मन्त्री पौडेलको भनाइ छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्