मन्त्री भट्टराईले भेटीन् माईतीघरमा बिरोध जनाइरहेका नेत्र चापागाईंलाई
काठमाडौं । शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माईतीघर मण्डलामा उभिएर बिरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गरेकी छन् ।
सोमबार शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्र सुधारका लागि सरकारलाई दबाब दिन उभिँदै आएका चापागाईंसँग भेट गरेकी हुन् । इसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे मागसहित चापागाईंले प्रदर्शन गरिरहेका छन् ।
मन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले अर्को वर्ष प्राथमिकतामा राख्ने आस्वासन दिए । इसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाइ काम गरिरहेको उनको भनाइ छ ।

.gif)