वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु
काठमाडौं । जंगली वन्यजन्तुको आक्रमणबाट पछिल्लो ५ महिनामा मा ८३ जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको ५ महिनामा सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाएको मृत्यु भएको प्रहरीको तथ्यांक छ । यो अवधिमा ५ सय ९९ जना घाइते भएका छन् ।
सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ भने ५३२ जना घाइते भएका छन् । २३६ जनाको प्रहरीले उद्धार गरेको छ । हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । ११ जनाको प्रहरीले उद्धार गरेको छ ।
गैँडाको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । ४ जनाको प्रहरीले उद्धार गरेको छ । भालुको आक्रमणबाट १५ जना घाइते भएका छन् भने प्रहरीले २ जनाको उद्धार गरेको छ ।

.gif)