sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित

२१ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् ।

अध्यक्षका लागि भएको चुनावमा पोखरेलले तीन सय ६८ तथा उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गरे ।

उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण, सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल र महिला सदस्यमा शशि बस्नेत विजयी भए ।

खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र सतिशराज मैनाली विजयी भए । 

कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव भएको हो । सदस्य मैनालीबाहेक अरू सबै लोकतान्त्रिक समूहबाट निर्वाचित भएका छन् । मैनाली प्रगतिशिल समूहको हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्