sevenstartv.com ४ पुष २०८२, शुक्रवार

इन्डो-नेपाल भलिबलमा आयोजक मदन भण्डारीको पहिलो जीत

१९ पुष २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई हराएको छ ।

बुटवलको रामनगर खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हराएको हो । मदन भण्डारी स्पोट्र्स एकेडेमीले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-२३ ले जित्यो । 

मदन भण्डारी स्पोट्र्स एकेडेमी यसअघि बुधवार भएको उद्धघाटन खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । यस्तै हिजोको खेलमा रुकुम पश्चिम पनि मणिमुकुन्द भलिबल क्लबसँग हारेको थियो । आठ वटा टोली सहभागी भएको प्रतियोगिता यही पुस २४ गते आउँदो बुधबारसम्म चल्नेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्