sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहको निधन

१८ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौैं । नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उनको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको हो । 

उनी सन् १९५८ मा जोन्स हप्किन्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिमा डिग्री पूरा गरेपछि अमेरिकाबाट स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला पनि थिइन् ।

नेपालको विदेश सेवाकी प्रथम महिला अधिकृत, ढाकास्थित नेपाली राजदूतावासमा प्रथम महिला कार्यवाहक राजदूत र पछि भारतका लागि नेपाली राजदूत थिइन् । २०४४ सालमा उनी भारतका लागि राजदूत थिइन् । जनआन्दोलनलगत्तै सरकारले उनलाई राजदूतबाट फिर्ता गरेको थियो । 

उनका दुई छोराहरू अनिल शाह र उज्ज्वल शाह हुन् । उज्ज्वलको निधन भइसकेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्