बालगायक सचिन परियारको मृत्यु
काठमाडौं । बालगायक सचिन परियारको मृत्यु भएको छ ।
१३ वर्षीय परियारको स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको बताइएको छ ।
सचिनको उपचारमा आर्थिक समस्या परेपछि रकम संकलन गरेर उपचार थालिएको थियो । गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भएका थिए । उनलाई नेपालीहरूले प्रशस्तै आर्थिक सहयोग पनि गरेका थिए । तर उनका बुबा तेजेन्द्रले आर्थिक हिनामिना गरेको भन्दै सर्वत्र आलोचना पनि हुने गरेको छ ।

.gif)